बिहीबार सुनको भाउ बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको भइरहेको छ ।
अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँ कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको भाउ तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।