मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार १६:२६

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा पुगेर रोकिएको छ ।

नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड र ब्यापार उपसूचक बढेको छ भने अन्य उपसूचकहरु घट्न पुगेको छ ।

यसअघि सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।