दुर्घटनामा परेर बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार ०८:४३
file photo

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी–४ का १३ वर्षीय बबिन क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नं.को ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा आँफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।

उक्त दुघर्टनामा परे अन्य दुई जना घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।