उतारचढावकाबीच झिनो अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७९ फाल्गुन १४, आईतवार १५:३६

काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से झिनो अंकले बढेको छ ।

आज नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता उतारचढाव देखिएको शेयरमार्केटमा आज झिनो अंकले बढ्न पुगेको हो ।

नेप्सेमा सूचीकृत २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको छ ।

नेप्सेमा रहेको १३ उपसूचक मध्ये आज ५ उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । बैकिङ्ग, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार सूचक घटेको छ भने अन्य उपसूचकहरु सबै बढेका छन् ।