शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से सूचक आज २३ अंकले घटेर २०४६ मा पुगेर रोकिएको छ ।
तीन दिनपछि खुलेको शेयरबजार आज १.१४ प्रतिशतले घट्दा लगानीकर्ताहरु निरुत्साही बनेका छन् । आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये म्युचुअल फण्ड र व्यापार इन्डेक्स बाहेकका सबै उपसूचक राताम्य रहेका छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसूचकको ३.२० प्रतिशतले घटेको छ ।



