सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब ६९ करोडको कारोबार

तु खबर संवाददाता
२०७९ माघ २५, बुधबार १६:१३

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ७६.६४ अंकले बढेर २१७७ विन्दुमा पुगेर रोकिएको नेप्से परिसूचक आज ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा रोकिएको छ ।

बुधबार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

बुधबार कूल ६७ कम्पनीको मूल्य बढेको थियो भने १४२ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ७ वटा कम्पनीको मूल्य समान कायम हुन पुगेका छन् ।