आज शेयरबजारमा झिनो अंकको बृद्धि

तु खबर संवाददाता
२०७९ माघ २३, सोमबार १६:५०
file-photo

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएपनि शेयरबजार ४.५७ अंकले बढेर २१०० को विन्दुमा पुगेर रोकिएको हो ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यसअघि आईतबार शेयरबजार १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक सूचक, जीवन बीमा सूचक, म्युचुअल फण्ड सूचक, निर्जिवन बीमा सूचक र ब्यापार सूचक घटेका छन् भने बाँकी सबै सूचकमा हरियाली छाएको छ ।