बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से २२.१२ अंकले घटेर २०९४ विन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटै इन्डेक्स आज राताम्य रहेका छन् । सर्वाधिक जीवन बीमा इन्डेक्स २.१७ प्रतिशतले घट्न पुगेको छ ।



