मोलुङ हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १७:२३
file-photo

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (पुस १९) गतेदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका लागि ८ करोड २ लाख ५० हजार रुपैया बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले उक्त किला शेयर विष्काशन गर्न लागेको हो । सोमध्ये मोलुङ गाउँपालिकाका बासिन्दाका लागि ५० प्रतिशत र सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बासिन्दाका लागि ५० प्रतिशत छुट्याइएको छ ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कम्पनीका कर्मचारीका लागि ५४ हजार ५७० कित्ता शेयर निष्काशन गर्ने भएको छ ।