मान्डु हाइड्रोपावरले दियो आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन
काठमाडौं । मान्डु हाइड्रोपावरले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्काशन गर्न धितो बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दर्ता गराएको हो ।
बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन गर्नेछ । मान्डु हाइड्रोपावरले हाल मकवानपुर जिल्लाको कोगटेस्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी संचालन गरिरहेको छ ।



