ब्राउन सुगरसहित चार पक्राउ

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार ०९:१०
सांकेतिक तस्बिर

कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजबाट आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–८ का १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।