बागलुङ केन्द्रविन्दु भएर तीन पटक भूकम्प धक्का महसुस

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार ०८:४०

काठमाडौं । बागलुङ जिल्लाका गएराति विभिन्न स्थान भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, गएराति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीन पटक भूकम्पको धक्का महसुस भएको हो ।

१ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर ७ मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ ।