प्रचण्ड नेतृत्वको सरकारमा सिकेको पार्टी पनि सहभागी हुने

तु खबर संवाददाता
२०७९ पुष १०, आईतवार १६:३०
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य अब्दुल खानका अनुसार, बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत त्यहीबाट भर्चुअल बैठकमा सहभागी भएका थिए । कार्यकारिणी समितिको निर्णयबाट जनमत पार्टी सो सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

कुन र कतिवटा मन्त्रालय लिने विषयमा बालकोटमा छलफल जारी रहेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत अझै बालकोटकै छलफलमा रहेका छन् ।