‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को उपाधि करण राईलाई

तु खबर संवाददाता
२०७९ पुष ९, शनिबार ०९:०९

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को उपाधि करण राईले हात पारेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् ।

टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् । करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् ।

टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएकी भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन् ।

त्यस्तै टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बनेका छन् । दर्शकहरुको भोटको आधारमा विजेता घोषित गरिएको थियो ।