शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ३८ लाख १६ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।



