दुर्घटनामा परेर ४ वर्षीय बालकको मृत्यु

धनगढी । कैलालीमा बुधबार बिहान टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्वरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर उनकी आमा घाइते भएकी छन् । उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक २८ वर्षीय मोहन बोहरा सामान्य घाइते छन् ।
टिपर चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।