झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन भारी गिरावट आएको शेयरबजारमा आज झिनो अंकले बढ्न पुगेको हो ।
आज नेप्से परिसूचक ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको छ । यसअघि आईतबार शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ । यसअघि आईतबार नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।



