दुर्घटनामा परेर जिप चालकको मृत्यु

काठमाडौं । रोल्पामा शनिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु १ च ५४६४ नम्वरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा खसेर हुँदा हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रोल्पा नगरपालिका–५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कुवर रहेका छन् । दुर्घटनामा परेर जिप चालक कुवरको घटनास्थलमै मृत्यु भएको हो । साथै उक्त दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा मृतकको ११ वर्षीय छोरा रहेका छन् । उनलाई उपचारको लागि प्युठान विजुवारतर्फ पठाइएको छ । उक्र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।