शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । चार दिन बन्द रहेको शेयर बजार आज खुलेसँगै झिनो अंकले गिरावट आएको छ । नेप्से परिसूचक ७.१३ अंकले घटेर परिसूचक १९२९ विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज नेप्से परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम भने बढ्न पुगेको छ ।



