मुस्ताङबाट कांग्रेसको विजयी सुरुवात, योगेश थकाली बने सांसद

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १२:१४

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट विजयी सुरुवात गरेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरल पराजित गर्दै विजयी हाल पारेका हुन् । योगेशले ३ हजार ९९२ मत प्राप्त गर्दा प्रेमप्रसादले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत र राप्रपाका प्रविण कुमार शेरचनले १३ मत प्राप्त गरेका छन् ।