बाजुरामा भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार ०८:५१

बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प धक्का महसुस भएको छ । आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार, भूकम्प ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर तीन वटा भूकम्प गएका थिए ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।