सबैभन्दा खराव कर्जा बृद्धि हुने सूचीको पहिलो नम्वरमा बैंक अफ काठमाण्डू
काठमाडौं । नेपालमा संचालित बाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खराव कर्जा बृद्धि हुने सूचीको पहिलो नम्वरमा बैंक अफ काठमाण्डू परेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आवको तीन महिनाको वित्तीय विवरणमा बैंक अफ काठमाण्डूको अवस्था बिग्रेको पाइएको हो ।
बैंक अफ काठमाण्डूको खराव कर्जा ७४८.२८ प्रतिशतले बृद्धि भई भएको देखिएको छ । गत आवको असोज मसान्तसम्ममा ०.२९ प्रतिशत रहेको खराव कर्जा चालु आवको तीन महिने अवधीमा २.४६ प्रतिशत पुगेको छ ।
यस्तै, सानिमा बैंकको खराव कर्जा पनि ह्वात्तै बृद्धि भई ०.११ बाट बढेर ०.९१ पुगेको छ भने हिमालयन बैंकको खराब कर्जा पनि ह्वात्तै बढेर २.३१ प्रतिशत पुगेको छ । सो बैंकको गत आवमा ०.५८ प्रतिशत रहेको खराव कर्जा यस वर्ष उच्च अंकले बढेर २.३१ प्रतिशत पुगेको हो ।
यसैगरी, सिद्धार्थ बैंकको खराव कर्जा २९८ प्रतिशतले बृद्धि भई २.१५ प्रतिशत, लक्ष्मी बैंकको खराव कर्जा २५१ प्रतिशतले बृद्धि भई १.७२ प्रतिशत, प्राइम बैंकको पनि खराब कर्जा बृद्धि भई ०.६२ बाट बढेर १.८ प्रतिशत, सनराईज बैंकको खराव कर्जा २.९४ प्रतिशत पुगेको छ ।
माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, सिटिजन्स बैंकको खराब कर्जा लगभग शत प्रतिशतका दरले बढेको देखिएको छ ।
यस्तै, मेगा बैंक, एनसीसी बैंक, कुमारी बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, प्रभु बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक र एनएमबी बैंकको खराब कर्जा केही बृद्धि भएको देखिएको छ ।
यसैगरी, वित्तीय विवरण अनुसार, खराब कर्जाको आधारमा नेपाल इन्मेष्टमेन्ट बैंकको भने खराव कर्जा सुधार देखिएको छ । सो बैंकको खराब कर्जा ३०.८४ प्रतिशत घटेको छ । त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकको खराब कर्जा १७.६१ प्रतिशतले घटेको छ । सेन्चुरी बैंकको खराव कर्जा गत आव र चालु आवमा समान अवस्था देखिएको छ ।



