ट्राफिक नियम उल्लङ्घन गर्ने १४०७ चालकलाई कारबाही

तु खबर संवाददाता
२०७९ आश्विन ३०, आईतवार ०८:२८

काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन १ हजार ४०७ जना चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई शनिवार कारबाहीको दायरामा ल्याइएको हो ।

यसमा नम्बर प्लेट स्पष्ट नराख्ने ४४६ र दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ चालकसमेत परेका छन् ।

काठमाडौं उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्र गतिमा सवारी चलाउने १५५, अनावश्यक हर्न बजाउने ५ र ठूलो आवाज निकाल्ने २ मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ७८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ । स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ ।