कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्नको लागि बैठक बोलाएको छ ।
नतिजा सार्वजनिक गर्नका लागि अहिले बोर्डको बैठक जारी रहेको बोर्डका एक सदस्यले जानकारी दिए । उनले भने, ‘हामी परीक्षा बैठक बस्ने तयारीमा छौं । आज नतिजा आउँछ ।’ गत जेठ १६ गतेदेखि २५ गतेसम्म संचालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।