कोभिड–१९ का कारण एक सातामा ८ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना भायरस (कोभिड–१९) संक्रमणका कारण एक सातामा ८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले कोरोना संक्रमणका कारण बिहीबार एकैदिन ३ जनाको मृत्यु भएको भन्दै एक सातामा ८ जनाको मृत्यु भएको जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार, संक्रमणका कारण भदौ ४ गते २ जना, ६ गते १ जना, ७ गते १ जना, ८ गते १ जना र ९ गने ३ जनाको मृत्यु भएको हो । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९९० को मृत्यु भएको छ ।