कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १७:३३
file photo

काठमाडौं । कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा प्रभाव परेको भन्दै एसईईको नतिजामा अक्षरांकन (ग्रेडिङ) विधि लागू भयो । तर, कक्षा १२ मा भने निर्देशिका लागू हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा बताउँछन् ।