मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १०:००

धनगढी । धनगढीमा मोटरसाइकल हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर १३ राजपुरमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६ प ८०२८ नम्वरको मोटरसाइक आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार धनगढी–३ का ५५ वर्षीय निर्मल हमाल रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक ४४ वर्षीय वीरेन्द्र शर्मा गम्भीर घाइते भएका छन् । शर्माको सोही अस्पतालमा उपचाररत भइरहेको जनाइएको छ ।