राष्ट्र बैंकले दियो २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई स्वीकृति प्रदान गरेको छ । हाल नेपालमा प्रणाली संचालक १० रहेका छन् भने २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका संस्थाले भुक्तानी सेवा प्रदान गर्न ग अनुमति पाएका हुन् ।
जसमध्ये सबैभन्दा पहिले अनुमति पाउनेमा आईएमई डिजिटल सोलुसन रहेको छ । सेलुसनको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । ई सेवा प्राइभेटको १० करोड रुपैयाँ र टेक्नोलोजी प्राइभेटको १० करोड रुपैयाँको चुक्ता पुँजि रहेको छ। सेलकम प्राइभेटको चुक्ता पुँजि १ करोड ५० लाख रुपैयाँ रहेको छ ।