झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको पाँचै दिन बिहीबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसुचकमध्ये २ समूहबाहेकका सबै सूचक राताम्य भएका छन् । आज अन्य समूह र बैकिङ्ग समूह मात्रै बढेको छ । त्यस्तै सर्वाधिक घट्नेमा जीवन बीमा समूहको १५० रुपैयाँ ३४ पैसाले घट्न पुगेको छ ।



