नेप्सेमा झिनो अंकको सुधार

तु खबर संवाददाता
२०७९ श्रावण ४, बुधबार १८:४९

काठमाडौं । आज साताको चौथो अर्थात बुधबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । पछिल्लो समय घट्दै आइरहेको शेयरबजार चालु आर्थिक वर्षमा केही सुधार देखिएको हो । आज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज पाँच समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । बुधबार बैकिङ्ग, व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा समूह घट्न पुगेको छ भने सर्वाधिक उत्पादन तथा प्रशोधन समूह घटेको छ ।