महालक्ष्मी बैंकले दियो छात्रबृत्ति
मकवानपुर । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रबृत्ति प्रदान गरेको छ । बैंकले स्व. अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रबृत्ति हेटौंडा–१ स्थित अमर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई प्रदान गरेको हो ।
बैंकले एक कार्यक्रमबीच छात्रबृत्ति बापतको रकम ५० हजार रुपैयाँ भोम्जनलाई हस्तान्तरण गरेको हो । कार्यक्रम महालक्ष्मी विकास बैंक हेटौंडा शाखाका शाखा प्रबन्धक सम्भु प्रसाद पराजुलीको सभाध्यक्षता एवम् हेटौंडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा स्व. श्रेष्ठकी धर्मपत्नी निर्मला श्रेष्ठ लगायतको उपस्थिती थियो ।



