हेटौंडा ६ नम्वर वडा अध्यक्षलाई युवा संघले बुझायो ध्यानाकर्षण पत्र

मकवानपुर । हेटौंडा उपहानगरपालिका ६ नम्वर वडा कार्यालयले एकलौटी रुपमा बजेट विनियोजन गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा ६ नम्वर वडा कमिटीले सोमबार वडा अध्यक्ष विष्णु दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
युवा संघले नगरबाट आएको सिलिङ्ग बजेटमा विभिन्न राजनीतिक दलहरुसँग छलफल नगरी एकलौटी रुपमा आफुखुसी बजेट विनियोजन गरेको भन्दै असन्तुष्टिसमेत जनाएको हो ।
वडाध्यक्ष दाहाललाई संघका अध्यक्ष पवन दुलालको नेतृत्वमा गएको टोलीले एक कार्यक्रमबीच ध्यानाकर्षण पत्र बुझाएको हो ।
वडाध्यक्षलाई बुझाएको ध्यानाकर्षण पत्रमा एकलौटी रुपमा बजेट विनियोजन गरेको र आफु खुशी मन लागेको ठाउँमा मात्र बजेट विनियोजन गरेकोमा आपत्ती जनाउँदै सबै सदस्यहरुलाई समेट्दै भौगोलिक हिसाबले बजेट विनियोजन गर्न माग गरिएको छ ।
वडाध्यक्ष दाहाल गत बैठक ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।