मृत भेटिइन् १७ वर्षीया किशोरी

रोल्पा । रोल्पामा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय राल्पाले जनाएको छ ।
मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा संचालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि सदरमुकाम लिवाङ आएकी थिइन् । उनी घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको होस्टेलमा बसेकी थिइन् ।
मृतक सुतेको कोठामा सर्पसमेत देखिएको र सर्पले टोकेको जस्तो घाउ देखिएकाले सर्पले टोकेको हुन सक्ने प्रहरीको आशंका रहेको भएपनि पोष्टमार्टम रिपोट नआएसम्म मृत्युको कारण भन्न नसकिेने जनाइएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।