बागमती सरकार : कानून मन्त्रालयलाई ८३ करोड बजेट

तु खबर संवाददाता
२०७९ असार १, बुधबार १७:४२
file-photo

मकवानपुर । बागमती सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै सो बारे जानकारी गराएका हुन् ।

यस्तै, बागमती प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट र उद्योग मन्त्रालयलाई ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।