४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने

तु खबर संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १५:५७
file photo

काठमाडौँ । काठमाडौंमा घर बनाउने प्रयोजनको लागि ४ आना भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावली २०७९ मा आवासको लागि एक सय ३० वर्गमिटर (४ आना) भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने उल्लेख गरिएको छ । २३ जेठमा राजपत्रमा प्रकाशित गरेर यस्तो नियमावली सार्वजनिक गरिएको हो ।

काठमाडौं उपत्यकामा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा पनि १५.७६ आना (५ सय वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न बन्देज लगाइएको छ । त्यस्तै, तराई र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर (६७५ वर्गमिटर) र बाँकी अन्य स्थानमा ३१.४५ आना वा ५९ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने व्ययवस्था गरिएको हो ।