नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १२ अंकमाथिको गिरावट आएको हो ।
निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकले घटेर २० हजार ६५.८२ अंकमा पुगेर रोकिएको छ ।
आज नेप्सेमा सूचीकृच २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ६ उपसूचक बाहेकका सबै सूचांक राताम्य भएका छन् ।



