तारा एयर दुर्घटना अपडेट : बाँकी शव पनि काठमाडौं ल्याइयो

तु खबर संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १५:२४

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव पनि काठमाडौं ल्याइएको छ । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा आज (मंगलबार) काठमाडौं ल्याएको हो ।

योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटनामा परेर मृत्यु भएका २२ जनाको शव काठमाडौं ल्याइएको छ । १० जनाको शव भने हिजै सोमबार काठमाडौं ल्याइएको थियो । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको उक्त विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।