२५ लाख कित्ता बण्ड जारी गर्ने हिमालयन बैंकको तयारी

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १८:०७

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २५ लाख कित्ता बण्ड जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २ अर्ब पचास करोड रकम बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो । बैंकले त्यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकसम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।