वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार ०९:१८

मकवानपुर । महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले आफ्नो २८ औं वार्षिक उत्सवको अवसरमा बैंकको मेनरोडस्थित शाखा कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए ।

बैंकमा आएका सेवाग्राही र कर्मचारीहरुले रक्तदान गरेको बैंकका शाखा प्रमुख सम्भु प्रसाद पराजुलीले बताए । बैंकले प्रत्येक वर्ष वार्षिक उत्वसको अवसरमा विभिन्न सामाजिक काम गर्दै आएको छ । बैँकले देशभर कुल एक सय तीन वटा शाखाहरु मार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।