धनुषामा प्रहरी र व्यवसायीबीच झडप

धनुषा । विदेह नगरपालिका तिनकौरियामा व्यवसायी र प्रहरीबीच झडप हुँदा प्रहरीसहित २ जना घाइते भएका छन् । अज्ञात समूहले पानपसलमा आगजनी गरेको भन्दै आक्रोशित बनेका स्थानीय व्यवसायीहरुले विरोध प्रदर्शन गर्दा झडप भएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएको जानकारी दिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पानपसलमा आगजनी गरिएको थियो । स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रजिअ पौडेलले बताए ।