कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउ पुनः म्याद थप

तु खबर संवाददाता
२०७८ चैत्र १०, बिहीबार १५:२३
file-photo

काठमाडौं । कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनः थप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डले रजिष्ट्रेशन तथा परीक्षा आपेदन फराम बुझाउने म्याद दोस्रो पटक थप गरेको हो । बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको छ ।

बोर्डका अनुसार, २०७८ सालमा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीको रजिष्ट्रेशन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने कक्षा १२ (नियमित तथा आंशिक–ग्रेडवृद्धि) कक्षा ११ को (आंशिक–ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम वापत प्रति विद्यार्थी १ हजार दुई सय र रजिष्ट्रेशन आवेदन फाराम वापत प्रति विद्यार्थी ८ सय रुपैयाँ बुझाई सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यलमा फाराम बुझाउन सक्नेछन् ।