मकवानपुरको सिमभञ्ज्याङमा हिमपातका कारण यातायात अवरुद्ध

तु खबर संवाददाता
२०७८ माघ २१, शुक्रबार ०८:४३
file-photo

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका अन्तरगत पर्ने सिमभञ्ज्याङ र अघोरमा  हिमपातका कारण हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गएराति वर्षासँगै बाक्लो हिउँ पर्नाले आज बिहान सवा २ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

उक्त स्थानमा अहिले हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न प्रकारको सवारीसाधनहरु सुचारु गर्दा दुर्घटना हुने  जोखिम भएकोले यातायात संचालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सुचारु गर्ने तयारी भइरहेको छ । अहिले हेटौंडाबाट गएका सयौं सवारीसाधनहरु सिमभञ्ज्याङ र अघोरमा लामबद्ध भएर गन्तव्यतर्फ जान कुरिरहेका छन् ।