युवतीको हत्या गरी फरार पुरुष २० वर्षपछि पक्राउ

तु खबर संवाददाता
२०७८ पुष २९,बिहीबार ०९:४४
सांकेतिक तस्बिर

इलाम । युवतीको हत्या गर्ने एक पुरूषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए । इलाम प्रहरीका अनुसार, विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भएको हो। घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।