क्लासिकटेकका ग्राहकलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड

मकवानपुर । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले निःशुल्क रूपमा आफ्नो ग्राहकहरूलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाई निःशुल्क १५० एमिबिपिएस देखि ३०० एमबिपिएससम्म ब्यान्डविथ अपग्रेड गरेको हो । प्याकेज अपग्रेड पश्चात पुरानै शुल्कमा इन्टरनेट प्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिन सक्ने कम्पनीले जनाएको छ ।
हाई स्पिड इन्टरनेट प्रयोग गर्न ग्राहकलाई ५ गिगाहर्ज डबल व्याण्ड राउटर आवश्यक पर्ने हुनाले यो डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नविनतम प्रविधिका साथ ग्राहकहरूलाई छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको बताउँदै क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र ट्रिव्याण्ड राउटरको साथमा टाकियन १ जिबिपिएस इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको छ ।
वाइफाइ ६ का साथमा टाकियन १ जिबिपिएस इन्टरनेट प्रविधी भित्र्याउन अन्तिम परीक्षण भइरहेको बताउँदै कम्पनीले वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटि, बिमफर्मिङ, एमयु–एमआईएमओ लगायतका सुविधाहरू रहने जनाएको छ । क्लासिकटेकले दुर्गमदेखि सुगमसम्म ७४ जिल्लाका १०३ स्थानमा आफ्नो सेवा संचालन गरिरहेको जनाएको छ ।