ठूला करदातालाई सम्मान

रासस
२०७८ मंसिर १, बुधबार १३:३६

महेन्द्रनगर ।  कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ । दसौँं राष्ट्रिय कर दिवसको अवसरमा आज कञ्चनपुरको महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ ।

व्यवसयाी श्रेष्ठलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पुष्कर न्यौपानले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । त्यसैगरी दिवसका अवसरमा कर्मचारीतर्फ कार्यालयका नायब सुब्बा भीम विष्टलाई सम्मान गरिएको छ ।

चालू आर्थिक वर्षमा रु दुई अर्ब ७१ करोड कर सङ्कलन गर्ने लक्ष्य राखेको आन्तरिक राजस्व कार्यालयले हालसम्म रु ६९ करोड दश लाख कर सङ्कलन गरेको जनाएको छ । “कोरोना कहरका कारण कर सङ्कलनमा गिरावट आएको छ”, उहाँले भन्नुभयो,“कर सङ्कलनको दायरा पनि कोरोनाको अवस्था सामान्य बन्दै गएसँगै बढिरेहको छ ।”