दुर्घटनामा कार्कीको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक स्थायी घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्की रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार बिहान ४ : १५ मिनेटको समयमा बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा कार्की गम्भीर घाइते भएका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।