ऋद्धिसिद्धि सिमेन्ट उद्योगको एक्साभेटरमा आगजनी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ स्थित गिंगुमा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानीमा राकेर राखिएको एउटा एक्साभेटरमा आगजनी र २ वटामा तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले खानी परिसरमा रोकेर राखिएको प्रदेश ३०१००३ बा ५७ ३४ एक्साभेटरमा आगजनी तथा बा २ क ५८९ , बा ३ क ६९७ नम्वरको एक्साभेटरमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
आगजनी भएको एक्साभेटर मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किङ गरेर राखिएको थियो । आगजनीका कारण एक्साभेटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीको भनाई छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीको टोली पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक रिमालले बताए ।