प्रगतीशील महिला समूहद्वारा अनाथ बालबालिकालाई सहयोग

तु खबर संवाददाता
२०७८ कार्तिक २९, सोमबार १८:०३

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–९ मा रहेको प्रगतीशील महिला समूहले चितवनको भरतपुरस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत बालबालिकाहरुका लागि खाद्यान्न, शैक्षिक तथा सरसफाइजन्य सागम्री सहयोग गरेको छ । समूहले तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट अनाथ बालबालिकाहरुको लागि सहयोग उपलब्ध गराएको समूहकी सुनिता सुनारले जानकारी दिइन् ।

समूहले आज सो केन्द्रमा नै पुगेर बालबालिकाहरुका लागि ३ बोरा चामल, १ बोरा आलु, ५ केजी दाल, १ कार्टुन, बिस्कुट १ कार्टुन, केही प्याकेट आँटा तथा नुन, लुगा धुने सर्फ ५ केजी, नुहाउने साबुन १ दर्जन, कापी र पेन्सिल २/२ दर्जन सहयोग उपलब्ध गराएकोे समूहका सल्लाहकार दिपक पुलामीले बताए ।

आश्रीत बालबालिकाहरुको लागि सहयोग सामग्री ग्रहण गर्दै केन्द्रकी संरक्षक मञ्जु खानले महिला समूहप्रति आभार व्यक्त गरिन् । उनले विभिन्न सहयोगी हातहरुका कारण बालबालिकाहरुलाई आश्रय दिन सकिएको बताइन् ।केन्द्रमा हाल २२ जना बालबालिका रहेका छन् । महिला हक हितका लागि क्रियाशील समूहले यसअघि पनि सामाजिक सेवाका विभिन्न काममा सक्रियता देखाउँदै आएको छ ।