मकवानपुरका ठकुरी पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक २९, सोमबार १७:०४

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त स्थानबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलोसहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहानगरपालिका वडा नम्वर ८ बस्ने ३५ वर्षीय अरुण सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ ।

ठकुरीलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उक्त परिणामको गाँजासहित आज (सोमबार) विहान पक्राउ गरेको हो । विहान त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९४७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा चेकजाँच गर्दा बसमा सवार ठकुरीको साथबाट सो परिणामको गाँजा बरामद भएको र निजलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।