जिप दुर्घटना हुँदा ३ को मृत्यु, १३ घाइते

काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७ः३० बजेतिर प्रदेश ३–१०२२ च ९६९४ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, सोही दुर्घटनामा परेर १३ जना घाइते छन्। ‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भएको जनाइएको छ । दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको खनाखत भइसकेको छैन।